काठमाडौं। सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएकोमा पार्टीभित्र देखिएको विवाद समाधानको अहिलेसम्म ठोस निष्कर्ष नआउँदा बैठक अन्योल बनेको छ।
यसअघि २० असारमा बोलाइएको स्थायी कमिटीको बैठक पनि आजसम्मका लागि स्थगित गरिएको थियो।
नेकपामा पछिल्लो समयमा देखिएको आन्तरिक कलह सुल्झाउन शीर्ष नेतृत्वलाई पार्टी पंक्तिबाटै चौतर्फी दबाब परिरहेको छ। स्थायी कमिटी चलिरहँदा समस्याको सही निकास खोज्नुपर्ने दबाब उनीहरूमा छ।
दुई अध्यक्षबीचको टकरावका कारण पार्टी फुटको संघारमा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने अडान राखेका छन्।
यसबीचमा नेताहरूबीच वान अन वान र संयुक्त रूपमा चरणचरणका संवादहरू भइरहेको छ।
हिजो अध्यक्षद्वयबीच पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन सहमति भए अनुसार चारजना नेतालाई समाधानका उपायसहित लिएर आउन जिम्मेवारी दिइएको थियो।
हिजोको बालुवाटार छलफलमा आजको स्थायी कमिटी बैठक बस्नुअघिनै समाधानको उपाय पेश गर्न विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। ओली-दाहालबीचको छलफलमा हिजो उनीहरूलाई पनि राखिएको थियो।
आजको स्थायी कमिटी बैठक शुरू हुनुअघि पुन: ओली र दाहालबीच छलफल हुने सहमति भएको बताइएको छ। तर, अहिलेसम्म भेटघाट भएको छैन।
" /> काठमाडौं। सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएकोमा पार्टीभित्र देखिएको विवाद समाधानको अहिलेसम्म ठोस निष्कर्ष नआउँदा बैठक अन्योल बनेको छ।

">