काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका लागि सत्तारूढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ। अध्यक्ष ओली र दाहालबीच बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
नेकपाभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आएको छ। उनीहरूले हिजो बालुवाटारमा करीब डेढ घण्टा ‘वान एन वान’ वार्ता गरेका थिए। अध्यक्षद्वयबीच नै अन्तरसंघर्ष चुलिएपछि नेकपामा विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि उत्पन्न विवाद नेकपाको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजेका लागि तय गरिएको छ।
अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। दुई अध्यक्षबीचको हिजोको वार्ता सकारात्मक रहेको र स्थायी कमिटी बैठकअघि नै उनीहरूबीच सहमति हुने नेकपा नेताहरू बताउँछन्।
" /> काठमाडौं। पार्टीभित्र देखिएको विवाद समाधानका लागि सत्तारूढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ। अध्यक्ष ओली र दाहालबीच बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।नेकपाभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आएको छ। उनीहरूले हिजो बालुवाटारमा करीब डेढ घण्टा ‘वान एन वान’ वार्ता गरेका थिए। अध्यक्षद्वयबीच नै अन्तरसंघर्ष चुलिएपछि नेकपामा विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि उत्पन्न विवाद नेकपाको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजेका लागि तय गरिएको छ।
अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। दुई अध्यक्षबीचको हिजोको वार्ता सकारात्मक रहेको र स्थायी कमिटी बैठकअघि नै उनीहरूबीच सहमति हुने नेकपा नेताहरू बताउँछन्।
">