काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।
बिहान साढे ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफल दिउँसो २ बजे सकिएको हो।
“पार्टीको आन्तरिक समस्या सुल्झाउने विषयमा दुई अध्यक्षबीच आज पनि छलफल भयो। आगामी दिनमा फेरि छलफलमा बस्नुहुनेछ,” प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेकपाभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आएको छ। उनीहरूले हिजो पनि बालुवाटारमा करिब डेढ घण्टा ‘वान एन वान’ वार्ता गरेका थिए।
अध्यक्षद्वयबीच नै अन्तरसंघर्ष चुलिएपछि नेकपामा विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि उत्पन्न विवाद नेकपाको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजेका लागि तय गरिएको छ।
१० असारबाट सुरू भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद चर्किएपछि १९ असारयता बस्न सकेका छैन।
अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।
दुई अध्यक्षबीचको आजको वार्ता सकारात्मक रहेको जनाइएको छ।
" /> काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ।बिहान साढे ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफल दिउँसो २ बजे सकिएको हो।

">