सरिता गिरीलाई पार्टीबाट बर्खास्त गरिँदै
काठमाडाैं। पूर्वसमाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट बर्खास्त गर्ने भएकाे छ ।

आज बालकुमारीस्थित समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकले बर्खास्त गर्ने तयारी गरेकाे हाे।

उनलाई बर्खास्त गर्न उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका पदाधिकारीहरूको  बैठक बसिरहेको छ।

बैठकले गिरीलाई संसद र पार्टीबाट बर्खास्त गर्न लागिएकाे पार्टीका काेषाध्यक्ष माे. इस्तियाक राईले देखापढीलाई बताए।

समाजवादी पार्टीकी सांसद गिरीले निशान छाप संशोधन प्रस्ताव खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

गिरी पार्टी निर्णयविरुद्ध गएको र संशोधनको पक्षमा मत नहालेको भन्दै स्पष्टीकरण मागेको थियो।

८ असारको समाजवादी पार्टीको पदाधिकारी बैठकले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

पार्टी निर्णयविरुद्ध निशान छाप संशोधनविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएपछि गिरीको तीव्र आलोचना हुँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्