नेपाल र फ्रान्सबीचको लामो समयदेखि रहिआएको मैत्री सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा आर्थिक साझेदारी बढावा दिनुपर्नेमा जोड दिएका छन्। नेपालको आर्थिक-सामाजिक विकासमा फ्रान्सले गर्दै आएको सहयोगको उनले प्रशंसासमेत व्यक्त गरेका छन्।
यस्तै, प्रधानमन्त्री ओलीले आयरल्याण्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडीलाई पनि एक सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्। हालै सम्पन्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भएको निर्वाचनमा आयरल्याण्ड विजयी भएकोमा पनि प्रधानमन्त्री ओलीले बधाई दिएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश पठाउँदै फ्रान्सका नवनियुक्त प्रधानमन्त्री जीन क्यासटेक्सलाई बधाई दिएका छन्। सन्देशमा उनले सफल कार्यकालको लागि शुभकामना दिएका छन्।नेपाल र फ्रान्सबीचको लामो समयदेखि रहिआएको मैत्री सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा आर्थिक साझेदारी बढावा दिनुपर्नेमा जोड दिएका छन्। नेपालको आर्थिक-सामाजिक विकासमा फ्रान्सले गर्दै आएको सहयोगको उनले प्रशंसासमेत व्यक्त गरेका छन्।

">