काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल पनि टुंगाेमा पुग्न सकेन। अघिल्ला बैठकहरू जस्तै आज पनि दुई अध्यक्ष आगामी दिनमा थप छलफल गर्ने भन्दै उठेका छन्।
“दुई अध्यक्षबीच विभिन्न विषयमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमतिसहित आजको भेटवार्ता सकिएको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
असार १० गते देखि सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो।
त्यसपछि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ भने दुई अध्यक्षबीच पटक-पटक भेटवार्ता भएका छन्।
आन्तरिक समस्या सुल्झाउन पटक-पटक भेटवार्ता गरे पनि दुई अध्यक्ष टुंगोमा पुग्न भने सकेका छैनन्।
यसैबीच आजको भेटवार्ता पनि बिना निस्कर्ष टुंगिएको हो।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल पनि टुंगाेमा पुग्न सकेन। अघिल्ला बैठकहरू जस्तै आज पनि दुई अध्यक्ष आगामी दिनमा थप छलफल गर्ने भन्दै उठेका छन्।“दुई अध्यक्षबीच विभिन्न विषयमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमतिसहित आजको भेटवार्ता सकिएको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

">