काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठकका बीच नेकपाभित्रको आन्तरिक विवाद बढिरहँदा भारतीय सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरू काठमाडौंमा डेरा जमाएर बसेको भारतीय मिडिया द पायोनियरले आफ्नो समाचारमा उल्लेख गरेको छ।
अहिले उनीहरू विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग गोप्य रूपमा भेट्दै भारतको पक्षमा समर्थन जुटाउने प्रयासमा लागेको समाचारमा जनाइएको छ।
समाचारमा रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरबिन्दकुमार अहिले काठमाडौंमा नेताहरूसँग भेटघाटमा व्यस्त रहेको उच्च स्रोतलाई उद्धृत गरिएको छ।
नेपालले संविधान संशोधन (लिपुलेख, कालापानी र लिम्पीयाधुरासहितको नयाँ नक्सा) गरेपछिको विकसित राजनीतिक घटनाक्रम नियन्त्रण गर्ने प्रयासमा गोयल र कुमार रहेको समाचारमा उल्लेख छ।
गुप्तचर प्रमुखहरूले गरेको वार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले सोझै अनुगमन गरेका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेतासँग उनीहरूले छलफल गरिसकेको समाचारमा लेखिएको छ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेश केन्द्रित पार्टीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि भेटघाटमा समेटिएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठकका बीच नेकपाभित्रको आन्तरिक विवाद बढिरहँदा भारतीय सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरू काठमाडौंमा डेरा जमाएर बसेको भारतीय मिडिया द पायोनियरले आफ्नो समाचारमा उल्लेख गरेको छ।अहिले उनीहरू विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग गोप्य रूपमा भेट्दै भारतको पक्षमा समर्थन जुटाउने प्रयासमा लागेको समाचारमा जनाइएको छ।

">