काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय मिडियाहरूले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरी जथाभावी समाचार प्रकाशन र प्रसारण गर्न थालेपछि नेपाली नेताहरू त्यसविरुद्ध एकजुट भएर उभिएका छन्।
लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेदेखि नै भारतीय मिडियाहरू लगातार प्रधानमन्त्री ओलीविरुद्ध खनिएका छन्। भारतीय मिडियाले ओलीको नाम नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीसँग जोड्नेदेखि याकको टाउकोमा उनको टाउको जोडेर अनर्गल प्रचार गरेका छन्।
“हाम्रो प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने शैलीदेखि धेरै मुद्दाहरूमा गम्भीर मतभेद छ। तर केही भारतीय मिडियाले प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्ने गरी जसरी निरन्तर अभियान चलाएका छन् त्यो स्वीकार्य छैन। यसले नेपाल–भारत सम्बन्धलाई राम्रो गर्दैन,” पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटर मार्फत भनेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय मिडियाले सीमा नाघेको प्रतिक्रिया जनाएका छन्। “भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकबास बन्द गर,’ श्रेष्ठले ट्वीटर मार्फत भनेका छन्, “हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौं। बिदेशीको फुटाउ र स्वार्थ गर नीति सफल हुन दिनेछैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।”
प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य निर्धारण गर्न भारतीय गुप्तचार संस्थाका उच्च अधिकारीहरू काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त रहेको र उनीहरूले आफूसँग भेट गरेको भन्ने समाचार भारतीय मिडिया द पायोनियरमा प्रकाशित भएपछि पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।
“यो घिनलाग्दो हो। एकदमै गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक। जब दुई छिमेकीबीच तिक्तता बढ्छ तब मिडिया र नागरिक समाजले मिलाउने र मध्यस्ताको भूमिका खेल्ने आशा गरिन्छ। यसरी आगोमा घ्यु थप्ने काम गरिदैन,” भट्टराईले ट्वीटरमा लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा आफूले चट्टानी अडान लिंदा भारत र आफ्नै पार्टीका केही नेता आफूलाई सरकारबाट हटाउन लागिपरेको पटक पटक सार्वजनिक रुपमै भन्दै आएका छन्। प्रधानमन्त्रीले भने जसरी नै पछिल्ला दिनमा भारतीय मिडियाहरू उनी विरुद्ध लागेको देखिन्छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि भारतीय मिडियाले पूर्विया सभ्यताको उपहास गरेको जनाएका छन्। उनले ट्वीटरमा लेखेका छन्, “नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको छ। उनीहरूले आफैलाई सरेआम नङ्ग्याइरहेका छन्। दया लाग्छ उनीहरुको चिन्तनप्रति।”
नेपाली कांग्रेसका नेता धनराज गुरुङले पनि प्रधानमन्त्रीसँग सयौं विमतीहरु भए पनि भारतीय मिडियाहरूले उनीमाथि लगाएको आरोप स्वीकार्य नहुने बताएका छन्।
“प्र.म.ओलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा मेरा सयौं बिमतीहरू छन्। तर भारतीय संचार माध्यले प्रम ओलीविरुद्ध विष वमन गर्ने क्रममा ‘हनी ट्रयाप’ जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन,” गुरुङले ट्वीटर मार्फत भनेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय मिडियाहरूले पत्रकारिताको सामान्य आचारसंहिता पनि पालना नगरी जथाभावी समाचार प्रकाशन र प्रसारण गर्न थालेपछि नेपाली नेताहरू त्यसविरुद्ध एकजुट भएर उभिएका छन्।लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेदेखि नै भारतीय मिडियाहरू लगातार प्रधानमन्त्री ओलीविरुद्ध खनिएका छन्। भारतीय मिडियाले ओलीको नाम नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीसँग जोड्नेदेखि याकको टाउकोमा उनको टाउको जोडेर अनर्गल प्रचार गरेका छन्।

">