काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।
आजका लागि तय गरिएको बैठक आगामी साउन २ गते ११ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पार्टीभित्र विवाद उत्पन्न भएपछि स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ। यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन माग गरेपछि नेकपाभित्र विवाद चर्किएको थियो।
पार्टी विवाद समाधानका लागि शीर्ष नेताहरू लगातार छलफल चलिरहेको भए पनि टुंगोमा पुग्न सकेका छैनन्।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।आजका लागि तय गरिएको बैठक आगामी साउन २ गते ११ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

">