काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू भइन्जेल पार्टी भत्किन नदिने बताएका छन्।
देखापढीका अजय फुयाल र सुरेन्द्र पौडेलसँग आज साँझ बालुवाटारमा संक्षिप्त कुराकानी गर्दै उनले ‘अब पछाडि फर्किन नमिल्ने’ समेत जनाए।
“हामीले नै यहाँसम्म ल्याएको हो। अब यसबाट पछाडि फर्किन मिल्दैन,” प्रधानमन्त्री ओलीले नेकपामा देखिएको पछिल्लो विवादप्रति संकेत गर्दै भने, “पार्टी अगाडि बढ्छ।”
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका केही नेताहरूले दुवै पद छाड्न दबाब दिइरहेका बेला ओलीले पार्टी तथा सरकार अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गरेका हुन्।
“म भइन्जेल यो भत्किँदैन, ढुक्क हुनोस्। म भत्किन दिन्नँ,” ओलीले भने।
असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताले ओलीलाई दुवै पद छाड्न दबाब दिएका थिए।
असार १६ गते स्थायी कमिटी बैठकमा दुवै पदबाट राजीनामा गर्न भनेपछि पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको छ। ओलीलाई पदबाट राजीनामा गराउनको लागि दबाब दिन असार १७ गते दाहालले झम्सिखेलमा २७ जना स्थायी सदस्यको भेला गरेका थिए।
दुई अध्यक्षबीच दूरी बढ्दै जाँदा असार १८ गतेपछि नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन। यसैबीचमा ओलीले आफू भइन्जेल पार्टीलाई भत्किन नदिने बताएका हुन्।
" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू भइन्जेल पार्टी भत्किन नदिने बताएका छन्।देखापढीका अजय फुयाल र सुरेन्द्र पौडेलसँग आज साँझ बालुवाटारमा संक्षिप्त कुराकानी गर्दै उनले ‘अब पछाडि फर्किन नमिल्ने’ समेत जनाए।

">