काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति तथा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख हुन नमिल्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला देशवासीका नाममा आज सम्बोधन गर्दै देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पछि नहट्ने बताए।
“यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन”, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन।” उनले आफ्नो र सरकारको सारा ध्यान तथा सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको जनाए।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही नेताले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दवाव दिई रहेका बेला उनले यस्ता दवावले सरकारको काममा कुनै असर नगर्ने बताएका हुन्। दुई अध्यक्षबीच दूरी बढेपछि असार १८ गते यता नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन। पार्टी भित्रको समस्या सुल्झाउन दुई अध्यक्षबीच पटक पटक वार्ता भएपनि आजसम्म टुङ्गोमा पुग्न सकेको छैन।
“अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन। जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो’, देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू पार्टीको नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया भएको पनि उनले बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन्। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।”
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको हुनसक्ने उनले जनाए।
“म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति तथा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख हुन नमिल्ने बताएका छन्।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला देशवासीका नाममा आज सम्बोधन गर्दै देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पछि नहट्ने बताए।

">