काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए।

मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याए।

“सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरूमा सुधार गर्नुपर्ने अवस्था छ”, उनले भने, “सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरूको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ।”     

सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन्। नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ। त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले बताइन्। यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९औँ स्थानमा रहेको छ। नेपालको औसत आयु ७१.७४ रहेको छ। प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ। रासस     

" /> काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए।

मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याए।

“सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरूमा सुधार गर्नुपर्ने अवस्था छ”, उनले भने, “सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरूको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ।”     

सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन्। नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ। त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले बताइन्। यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९औँ स्थानमा रहेको छ। नेपालको औसत आयु ७१.७४ रहेको छ। प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ। रासस     

"> जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल    : Dekhapadhi
जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल     <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए।</p> <p style="text-align: justify;">मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरूको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याए।</p> <p style="text-align: justify;">&ldquo;सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरूमा सुधार गर्नुपर्ने अवस्था छ&rdquo;, उनले भने, &ldquo;सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरूको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ।&rdquo; &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै&nbsp;सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन्। नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ। त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले बताइन्। यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९औँ स्थानमा रहेको छ। नेपालको औसत आयु ७१.७४ रहेको छ। प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ। <em>रासस &nbsp; &nbsp;&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्