काठमाडौं। पार्टीमा चुलिएको आन्तरिक विवादको समाधान पहिल्याउन नसकेर सकसमा रहेका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन पुगेका छन्।
करिब २ सातादेखि नेकपाभित्र नसुल्झिएको रस्साकस्सी थाति राख्दै दाहाल नारायणी नदीले गरेको कटान अवलोकन गर्न चितवन पुगेका हुन्। जहाँ उनले भरतपुर महानगरपालिकामा पर्ने निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरे र तटबन्धको काम प्रभावकारी बनाउन निर्देशन पनि दिए।
सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको काम पनि भइरहेको छ। अवलोकनका क्रममा दाहालले तटबन्ध निर्माणमा खटिएका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरूको प्रशंसा गरेको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।
दाहालसँगै प्रदेश सांसदहरू कृष्ण भुर्तेल, विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायत स्थानीय जनप्रतिनिधिहरू नदीले कटान गरेको क्षेत्र अवलोकनका लागि पुगेका थिए।
" /> काठमाडौं। पार्टीमा चुलिएको आन्तरिक विवादको समाधान पहिल्याउन नसकेर सकसमा रहेका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन पुगेका छन्।करिब २ सातादेखि नेकपाभित्र नसुल्झिएको रस्साकस्सी थाति राख्दै दाहाल नारायणी नदीले गरेको कटान अवलोकन गर्न चितवन पुगेका हुन्। जहाँ उनले भरतपुर महानगरपालिकामा पर्ने निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरे र तटबन्धको काम प्रभावकारी बनाउन निर्देशन पनि दिए।

">