काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद्मा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्न सम्बद्ध निकायसँग आग्रह गरे।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीद्बारा राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पुर्याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न निर्देशन भएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएको र नागरिकले समस्या भोगिरहेका तर्फ ध्यानाकर्षण गराउँदै राहत र उद्धार कार्य चुस्त बनाउन निर्देश दिए। प्र
धानमन्त्री ओलीले घटना भएको समयमा तत्कालै हेलिकप्टर नपुग्नसक्नेतर्फ इङ्कित गर्दै पहिले नै सम्भावित जोखिम क्षेत्रको नजीक राहत सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। “राहत तथा उद्धारमा कुनै कमजोरी नहोस्, सामग्रीहरू जिल्लामा थुप्रिने अवस्था नरहोस्, तत्काल प्रभावितहरूले प्राप्त गर्न सकून्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पोखरेलले भने।
विपद्को राहत, उद्धार तथा आवश्यक व्यवस्थापकीय कार्यमा सरकारले आर्थिक अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक व्यवस्थापनमा कमी हुन नदिन अर्थमन्त्री डा युवराज खतिवडालाई दिर्नेशन दिएका थिए।
बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपद् व्यवस्थापनमा हाल भइरहेको कामको सराहना गर्दै जोखिम न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षाका लागि दीर्घकालीन रणनीति निर्माण गरी लागू गर्न सुझाव दिएका थिए।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विपद् व्यवस्थापन कार्यअन्तर्गत हालसम भए गरेका गतिविधि र जोखिम क्षेत्रको अवस्थाबारे अवगत गराएका थिए। गृहसचिव महेश्वर न्यौपानेले हाल मनसुनजन्य विपद्पछि गृहमन्त्रालयले राहत तथा खोज उद्धारमा गरेका कामकारवाहीका बारेमा जानकारी गराएका थिए।
बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीका अनुसार बिहीबार र शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी–पहिरोमा परेर ४४ जनाको मृत्यु भइसकेको छ। ३६ जनाभन्दा बढी बेपत्ता छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद्मा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्न सम्बद्ध निकायसँग आग्रह गरे।

">