काठमाडौं। भारतीय मिडियाले नेपाल सरकार, प्रधानमन्त्री र नेपालका नेताहरुको बारेमा जथाभावी समाचार प्रकाशन र प्रसारण गरेपछि त्यसलाई रोक्न सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आज उक्त नोट पठाएको हो।
“हामी नेपालका विषयमा जथाभावी लेख्ने भारतीय मिडियाविरुद्ध तुरुन्त कदम चाल्न र त्यस्ता सामग्रीहरूले मिडियामा ठाउँ नपाउने कुराको ग्यारेन्टी गर्न हामी अनुरोध गर्दर्छौं,” नेपालले पठाएको कूटनीतिक नोटमा उल्लेख छ।
नेपालका विषयमा केही निन्दनीय सामग्रीहरू प्रकाशित भएकोमा त्यसमा ध्यान दिन कूटनीतिक नोटमा भनिएको छ।
पछिल्लो समय केही भारतीय मिडियामा प्रकाशित र प्रसारित सामग्रीहरू निराधार र अपमानजनक रहेको जनाएको छ।
“यस्ता सामग्रीहरूले गलत जानकारी मात्र दिँदैन सभ्य समाजको शिष्टता समेत बिगार्छ,” नोटमा भनिएको छ।
भारतीय मिडियाको एक समूहले प्रकाशन र प्रसारण गरेको यस्तो समाचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिराे चोट पुर्याएको समेत कूटनीतिमा नोटमा जनाइएको छ।
कूटनीतिक नोटामा नेपाल र भारतबीच द्वीपक्षीय सम्बन्धको लामो इतिहास रहेको र सामाजिक-सांस्कृतिक सम्बन्ध, जनता-जनताबीचको सम्बन्ध विशेष खालको रहेको स्मरण गरिएको छ। यी गहिरो र बहुआयामिक सम्बन्धहरू सार्वभौम समानता, मित्रता तथा समझदारी, परस्पर समानका अन्तर्निहित सिद्धान्तहरूमा आधारित रहेको उल्लेख छ।
“यी सम्बन्धहरूलाई अघि बढाउन मिडिया सही दृष्टिकोण निर्माण र रचनात्मक भूमिका खेल्ने महत्त्वपूर्ण मोर्चा हो। हामी प्रेस स्वतन्त्रताको सम्मान गर्दछौं र त्यस्तो स्वतन्त्रताले न्यूनतम शालीनता र नैतिक रेडलाइनको सीमा नाघ्नु हुँदैन,” कूटनीतिक नोटमा भनिएको छ।
" /> काठमाडौं। भारतीय मिडियाले नेपाल सरकार, प्रधानमन्त्री र नेपालका नेताहरुको बारेमा जथाभावी समाचार प्रकाशन र प्रसारण गरेपछि त्यसलाई रोक्न सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आज उक्त नोट पठाएको हो।“हामी नेपालका विषयमा जथाभावी लेख्ने भारतीय मिडियाविरुद्ध तुरुन्त कदम चाल्न र त्यस्ता सामग्रीहरूले मिडियामा ठाउँ नपाउने कुराको ग्यारेन्टी गर्न हामी अनुरोध गर्दर्छौं,” नेपालले पठाएको कूटनीतिक नोटमा उल्लेख छ।

">