काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मनसुन जारी रहेकोले खासगरी जोखिममा रहेका भू-भागहरू नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेका छन्।
“सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरूको पुनर्स्थापनाका लागि प्रयास भइरहेको छ। यस प्रयासलाई गुणात्मकरूपमा बढाउन जरुरी छ,” सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तयारीलाई तीव्रता दिन, बेपत्ताहरूको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”
संसदको बैठक अहिले नचलेको उल्लेख गर्दै उनले विपत्तिमा जनताको घरदैलोमा पुुगेर सहयोगमा जुटिरहेका सांसदहरूलाई संघ, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी आ-आफ्नो ठाउँबाट पहल जारी राख्नु आह्वान पनि गरेका छन्।
“विपद्का बेला प्रदेश र स्थानीय तहले खेलेको भूमिका महत्त्वपूर्ण र प्रशंसनीय छ। यो कष्टकर परिस्थितिमा उद्धारका लागि अग्रपंक्तिमा खटिइरहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवीहरूको उच्च प्रशंसा गर्दै विपत्तिमा परेका नागरिकहरूको यथासक्य छिटो उद्धार, राहत र पुनर्स्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु,” सापकोटाले भनेका छन्।
विपद्बाट बच्ने उत्तम उपायहरू अवलम्बन गर्न उनले आग्रह गरेका छन्। उनले विपत्तिका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र स्वजनको मृत्युवियोगमा रहेका परिवारमा समवेदना व्यक्त गरेका छन्।
" /> काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मनसुन जारी रहेकोले खासगरी जोखिममा रहेका भू-भागहरू नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेका छन्।“सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरूको पुनर्स्थापनाका लागि प्रयास भइरहेको छ। यस प्रयासलाई गुणात्मकरूपमा बढाउन जरुरी छ,” सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तयारीलाई तीव्रता दिन, बेपत्ताहरूको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

">