काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबिच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा), नेपाललाई औपचारिकरुपमा मान्यता दिएको छ। आयोगले आज जसपालाई प्रमाणपत्र र आधिकारीक पत्र प्रदान गरेको छ।
जसपा नेपाल संसदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल बनेको छ।आयोगले आज जसपा नेपाललाई प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र पाएपछि जसपा नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यस कार्यका लागि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं।”
जसपाले अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई आफ्नो पार्टीमा आवद्ध हुन आव्हान समेत गरेको छ।
" /> काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबिच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा), नेपाललाई औपचारिकरुपमा मान्यता दिएको छ। आयोगले आज जसपालाई प्रमाणपत्र र आधिकारीक पत्र प्रदान गरेको छ।जसपा नेपाल संसदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल बनेको छ।आयोगले आज जसपा नेपाललाई प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र पाएपछि जसपा नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यस कार्यका लागि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं।”
जसपाले अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई आफ्नो पार्टीमा आवद्ध हुन आव्हान समेत गरेको छ।
">