काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले एमसीसीबारे पार्टीको धारणा भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका विषयहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्र एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी रहेको जनाएका छन्।
“अहिलेसम्म पार्टीले निर्णय गरेको छैन, पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन,” अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सञ्चारमाध्यममा जनता समाजवादी पार्टी, नेपालको नाममा एमसीसीका बारेमा आएका धारणाहरू पार्टीप्रति जनतामा भ्रम फैलाउने उद्देश्यले गरिएका/गराइएका भ्रमपूर्ण, गलत र सुनियोजित प्रचार भएको भन्दै त्यसमा कुनै सत्यतता नरहेको जनाएको छ।
विज्ञप्तिमा पार्टीलाई नै बदनाम गराउने काम भएको भन्दै घोर आपत्ति, निन्दा र विरोध जनाइएको छ।
" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले एमसीसीबारे पार्टीको धारणा भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका विषयहरूमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्र एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी रहेको जनाएका छन्।

">