काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन्।
अहिले प्रतिदिन एउटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताएका हुन्।
सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको पुस्तकहरू सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्रीसमेत रहेका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन्।
खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरूमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए।
बैंकहरूबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरूलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनको भनाइ छ।