सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तयार रहन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले अबको तीन महिना विपद् प्रतिकार्यमा केन्द्रित हुन विभागीय मन्त्रालयसहित सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
विपद्को घटना जानकारी पाउने बित्तिकै प्रभावकारीरूपमा उद्धार कार्यमा लाग्न निर्देशन दिए।
वर्षायामको सुरुआतसँगै बाढी, पहिरो, डुबान, सडक अवरोधलगायतका विपद्का घटना बढ्न थालेका बताउँदै उनले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने धारणा राखे।
उद्धार कार्यका लागि जनपद प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउन, उद्धार कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउन, विपद् प्रभावित समुदायका लागि खाद्यान्न, लत्ताकपडालगायतका बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्नसमेत बैठकमा मुख्यमन्त्री शाहीले निर्देशन दिए। रासस
" /> सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तयार रहन निर्देशन दिएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले अबको तीन महिना विपद् प्रतिकार्यमा केन्द्रित हुन विभागीय मन्त्रालयसहित सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

">