कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको बैठकले सुदूरपश्चिममा कोरोनाको अवस्थाको समीक्षा गर्दै पीसीआर मेसिनमार्फत् अब समुदायस्तरकाे पनि स्वाब परीक्षण गर्ने निर्णय गरेको छ।
बैठकले होल्डिङ सेन्टर, क्वारेन्टिनलाई अनिवार्य गर्दै थप व्यवस्थित पनि बनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री अभाव हुन नदिनेलगायतका निर्णय गरेको छ।
यस्तै सुरक्षा अपनाई यातायात उद्याेग कलकारखाना तथा विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय गरिएकाे छ।
बैठकले कोरोना संक्रमणको रोकथामसँगै वर्षातको बेला आइपर्ने प्राकृतिक विपद् बाढी पहिरो तथा डुबान जस्ता जोखिम न्यूनीकरणको तयारी, जनचेतनाबाट सजकता अपनाउन सबै जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्ने, विपद् आइपरे उद्धार उपचार र रहात छिटोछरितो बनाउन संघीय र स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले तदारुकता देखाउने निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।
बैठकबारेको प्रतिक्रियामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्थापना गरिरहेका थप तीनवटा प्रयोगशाला धनगढी, डोटी र बैतडीमा पीसीआर मेसिन जडान भइरहेको र धनगढीस्थित स्वास्थ्य कार्यालयमा भइरहेको जडान अन्तिम चरणमा पुगेकाले यसै साताबाट परीक्षण सुरु हुने दाबी गरे।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिका नगरप्रमुखलगायत प्रदेश स्वास्थ्य निर्देशक सहभागी थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको बैठकले सुदूरपश्चिममा कोरोनाको अवस्थाको समीक्षा गर्दै पीसीआर मेसिनमार्फत् अब समुदायस्तरकाे पनि स्वाब परीक्षण गर्ने निर्णय गरेको छ।

">