प्रदेश प्रमुख परिवर्तन सामान्य प्रक्रिया: अध्यक्ष दाहाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकार परिवर्तनसँगै प्रदेश प्रमुख फेरिनु सामान्य प्रक्रिया भएको बताएका छन्।

“सरकारको प्रतिनिधिको रूपमा नै प्रदेश प्रमुखहरूले काम गर्ने हो, सरकार परिवर्तन भएपछि प्रदेश प्रमुखहरू फेरिने प्रचलन छ, नैतिक रूपमा राजीनामा गरेर सरकारलाई काम गर्न सजिलो पार्ने प्रचलन दुनियाँमा छ।” दाहालले भने।

नेपालगञ्जको राँझा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने “हाम्रो सरकार उदार भएकाले दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दिइयो, यो सरकारको क्षेत्राधिकारभित्र पर्छ।”

प्रदेश प्रमुखहरुको नाममा सचिवालय सदस्य माधवकुमार नेपालले असन्तुष्टि जनाएको विषयमा दाहालले भने, “माधवजीले १/२ जनाको नाममा जोड दिनुभएको थियो, बैठकले त्यो निर्णय गरेन उहाँले नोट अफ डिसेन्ट लेख्नु सामान्य र स्वभाविक प्रक्रिया हो, मान्दिन भन्नुभएको छैन मेरो भिन्न मत राख्छु भन्नुभएको छ।”

फरक प्रसंगमा अध्यक्ष दाहालले आग्रह/पूर्वाग्रह र राजनीतिक नाफाघाटालाई नहेरि सबैलाई सुविधा र केन्द्रमा पर्ने गरी  प्रदेश ५ को राजधानी तोक्नुपर्ने धारणा राखेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्