काठमाडौं। गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले आज प्रतिवेदन बुझाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानबिनका लागि अध्ययन तथा अनुगमन समिति गठन गरिएको थियो।
गएको २६ जेठमा बसेको प्रतिनिधि सभा बैठकले गठन गरेको ९ सदस्यीय समितिले स्थलगत अध्ययनपछि आज दिउँसो चार बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउन लागेको हो। १० जेठको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सञ्जु बिक, गणेश बुढा मगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार मारिएका थिए। नबराजकी प्रेमिका मल्ल थरकी किशोरीलाई बिहे गर्नका लागि भगाउन भनेर पुग्दा घटना भएको थियो।
नबराज र उनका साथीहरूको शव फरक फरक मितिमा भेरी नदीमा फेला परेको थियो। घटनामा संलग्न रहेको भन्दै पीडित पक्षले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ललगायतविरुद्ध जाहेरी दिएका थिए। अनुसन्धानपछि प्रहरीले ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत तथा कसुर मुद्दामा रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतले वडाध्यक्ष मल्लसहित २२ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन, तीन जनालाई साधरण तारेखमा छाड्न, दुई जनालाई सुधार गृहमा पठाउन, एक जना (किशोरीकी आमा)लाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएकी छन्।
" /> काठमाडौं। गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले आज प्रतिवेदन बुझाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानबिनका लागि अध्ययन तथा अनुगमन समिति गठन गरिएको थियो।गएको २६ जेठमा बसेको प्रतिनिधि सभा बैठकले गठन गरेको ९ सदस्यीय समितिले स्थलगत अध्ययनपछि आज दिउँसो चार बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउन लागेको हो। १० जेठको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सञ्जु बिक, गणेश बुढा मगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार मारिएका थिए। नबराजकी प्रेमिका मल्ल थरकी किशोरीलाई बिहे गर्नका लागि भगाउन भनेर पुग्दा घटना भएको थियो।

">