काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवसरमा सोमबार राम र अयोध्याका विषयमा दिएको अभिव्यक्तिमा आएका विभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
“प्रधानमन्त्रीले दिएका टिप्पणीहरू कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित छैन र कसैको भावना तथा संवेदनशीलतामा चोट पुर्याउने कुनै उद्देश्य छैन,” परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिको उद्देश्य अयोध्याको महत्त्व र यसको सांस्कृतिक मूल्यलाई बेवास्ता गर्ने नभएको परराष्ट्रले स्पष्ट पारेको छ।
राम र उनीसँग सम्बन्धित ठाउँहरूबारे थुप्रै मिथ्या र सन्दर्भहरू भएको हुँदा प्रधानमन्त्रीले रामायणमा समेटिएका अन्य तथ्यहरूको प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धान हुनुपर्नेमा प्रकाश पारेको विज्ञप्तिमा उल्लेख छ।

‘‘यो अधोरेखित हुन सक्छ कि विवाह पञ्चमी मनाउने परम्परा जहाँ भारतको अयोध्याबाट जनकपुर, नेपाल जन्ती आउने विवाह महोत्सव हरेक वर्ष लाग्छ। नेपाल र भारतका प्रधानमन्त्रीहरूले मे २०१८ मा रामायण सर्किट शुरू गरे, जसमध्ये जनकपुर-अयोध्या यात्री बस सेवा महत्त्वपूर्ण कम्पोनेन्ट हो। यी तथ्यहरूले हाम्रो दुई देशहरू र मानिसहरूबीचको सम्मानित सांस्कृतिक सम्बन्धको बन्धनलाई संकेत गर्दछ,’’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।
विवाह पञ्चमीका बेला अयोध्याबाट जनकपुरमा जन्ती आउने प्रचलन प्रत्येक वर्ष नेपालमा चल्दै आएको स्मरण विज्ञप्तिमा गरिएको छ। सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट स्थापनासमेत गरेका थिए भने जनकपुर-अयोध्या बस सेवा शुरु गरेका थिए। यसले दुई देशबीचको जनताको सांस्कृतिक सम्बन्धलाई दर्शाउनेसमेत परराष्ट्रले जनाएको छ।
" /> काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवसरमा सोमबार राम र अयोध्याका विषयमा दिएको अभिव्यक्तिमा आएका विभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।“प्रधानमन्त्रीले दिएका टिप्पणीहरू कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित छैन र कसैको भावना तथा संवेदनशीलतामा चोट पुर्याउने कुनै उद्देश्य छैन,” परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

">