काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राम र अयोध्याका विषयमा थप अध्ययन तथा अनुसन्धान गर्ने जिम्मा विद्वान-विज्ञलाई दिनुपर्ने बताएका छन्।
उनले देखापढीसँगको अन्तर्वार्तामा यी कुराको अनुसन्धान कुनै आग्रह नराखी गर्नुपर्ने जनाएका छन्।
“यस्ता विषयमा कुनै आग्रह नराखिकन विद्वान-विज्ञहरूलाई थप अध्ययन गर्न भन्नुपर्छ,” परराष्ट्रमन्त्री ज्ञवालीले भने, “रामायणकालीन सांस्कृतिक भूगोल पत्ता लगाउनोस् पनि भन्नुपर्छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आदिकवी भानुभक्तको जन्म जयन्तीका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै राम नेपाली र अयोध्या नेपालभित्रै पर्ने बताएका थिए।
प्रधानमन्त्रीको यो अभिव्यक्ति विवादमा आएपछि परराष्ट्रमन्त्रीले अध्ययन गर्नुपर्ने बताएका हुन्।
“अब यी कुराहरू विद्वानलाई छोडिदिऊँ। विद्वानहरूले खोजी गर्लान्। यस्ता कुराहरूको अध्ययन गर्दै जाँदा तथ्यहरू भेटिन्छन्। त्यसमा हामी धेरै बाँधिएर बोल्नुपर्ने जरुरी ठान्दिनँ, किनभने, त्यतिबेला आजको जस्तो राजनीतिक सीमाहरू निर्माण नै भएका थिएनन्,” उनले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक उद्देश्यले अभिप्रेरित नभएको जनाउँदै यसले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने उनले बताए।
“नेपाल र भारतका बीचमा बहुआयामिक सम्बन्धहरू छन्। यो एउटा विषयले हाम्रा अरू समग्र सम्बन्धहरूलाई प्रभावित बन्न दिनु हुँदैन। अरू सम्बन्धलाई नियमित रूपमा अगाडि बढ्न दिनुपर्छ। हाम्रा व्यापारिक सम्बन्धहरू, हाम्रा लगानीका सम्बन्धहरू, हाम्रा सांस्कृतिक सम्बन्धहरू, हाम्रा जनस्तरका सम्बन्धहरूलाई निरन्तरता दिनुपर्छ,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।
(परराष्ट्रमन्त्रीसँगकाे विशेष अन्तर्वार्ता भाेलि, असार ३१ गते)
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राम र अयोध्याका विषयमा थप अध्ययन तथा अनुसन्धान गर्ने जिम्मा विद्वान-विज्ञलाई दिनुपर्ने बताएका छन्।उनले देखापढीसँगको अन्तर्वार्तामा यी कुराको अनुसन्धान कुनै आग्रह नराखी गर्नुपर्ने जनाएका छन्।

">