काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानबारे आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुँदैछ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि छलफल शुरू हुने प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
दुई अध्यक्षबीच हिजो पनि बालुवाटारमा भएको करीब तीन घण्टा लामो छलफल निष्कर्षविहीन भएको थियो। हिजोको बैठकलाई निर्णायक छलफल भनिए पनि कुनै ठोस सहमति हुन सकेको थिएन। नेकपाको स्थायी कमिटीको बैठक सार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन। यद्यपि नेताहरूले एक्लाएक्लै छलफलमा जुटेकाले वार्ताको प्रगति कसरी अगाडि बढिरहेको छ भन्ने खुल्न सकेको छैन।
नेकपाको असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि अवरुद्ध हुँदै आएको छ। असार २६ गतेका लागि सारिएको बैठकपछि नेताहरूको सहमतिमा भोलि, साउन २ गेतका लागि सारिएको छ। तर, यो बीचमा पनि दुईजना अध्यक्षबीच दुईपटक छलफल भइसकेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अडान यथावत् नै राखेका छन्।
स्थायी कमिटीसहितका दाहाल खेमाका नेताहरूले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन्। प्रधानमन्त्रीले भने दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन्। सहमतिको बिन्दु कसरी टुंगो लगाउने भन्नेमा अहिलेसम्म नेताहरूले पहिल्याउन सकेका छैनन्। सहमतिको कुनै टुंगो लगाउन नसकेपनि अध्यक्षद्वय भने दैनिकजसो छलफलमा बस्छन्।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानबारे आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुँदैछ। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि छलफल शुरू हुने प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।दुई अध्यक्षबीच हिजो पनि बालुवाटारमा भएको करीब तीन घण्टा लामो छलफल निष्कर्षविहीन भएको थियो। हिजोको बैठकलाई निर्णायक छलफल भनिए पनि कुनै ठोस सहमति हुन सकेको थिएन। नेकपाको स्थायी कमिटीको बैठक सार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन। यद्यपि नेताहरूले एक्लाएक्लै छलफलमा जुटेकाले वार्ताको प्रगति कसरी अगाडि बढिरहेको छ भन्ने खुल्न सकेको छैन।

">