कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती-महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विज्ञप्तिमा आरोप लगाइएको छ। पक्राउ गरेकाहरूलाई रिहा नगरेको भन्दै ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
संघर्षका कार्यक्रम अन्तर्गत ३ साउनमा प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिएको छ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका ७ वेलीबाट चन्द समूहका केन्द्रीय सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती-महाकाली व्युरो इन्चार्ज पुर्णिमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।
उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
" /> कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती-महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विज्ञप्तिमा आरोप लगाइएको छ। पक्राउ गरेकाहरूलाई रिहा नगरेको भन्दै ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

">