काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि आज स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ।
हिजो (बिहीबार) दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफलले समस्या समाधानको प्रयास गरे पनि बैठक निश्कर्षविहीन भएको थियो। हिजोको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटीका अर्का सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए।
बैठकमा दाहाल र नेपालले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री भने सरकार र पार्टी दुवैको नेतृत्त्व नछाड्ने अडानमा कायम रहेको स्रोतले देखापढीलाई बताएको छ।
दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठकमा एकाएक प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि असार १६ यता बैठक राम्ररी बस्न सकेको छैन। स्थायी कमिटि बैठक असार १० बाट शुरू भएको थियो। तर दुई अध्यक्षबीचको विवाद मिलाउने प्रयासस्वरूप बैठक पटक पटक स्थगित गरिएको थियो।
प्रधानमन्त्रीले दाहाल र नेपाललाई ‘म छोड्दिन, तपाईंहरू विधिअनुसार हटाउनुस्’ भनेर चुनौती दिएको स्रोतले बतायो।

पछिल्लोपटक स्थायी कमिटी बैठक आज विहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
यसबीचमा दुई अध्यक्षले थुप्रै पटक सहमतिको उपाय निकाल्ने प्रयासस्वरूप ‘वान अन वान’ छलफल गरे पनि निश्कर्ष निकाल्न सकेका छैनन्। सहमतिको प्रयास सफल नभए पनि आजको स्थायी कमिटी बैठक नरोक्ने र त्यहीँ छलफल गर्नेमा नेताहरू एकमत भएको बताइएको छ।
स्थायी समितिमै छलफल गर्ने भन्दै दुवै अध्यक्षले आफूपक्षका नेताहरूलाई बोलाएर बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तयार गरिरहेका बेला फेरि आज अचानक सहमति प्रयासका लागि ‘वान अन वान’ छलफल गर्न लागिएको हो।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि आज स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ।हिजो (बिहीबार) दुई अध्यक्षसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफलले समस्या समाधानको प्रयास गरे पनि बैठक निश्कर्षविहीन भएको थियो। हिजोको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटीका अर्का सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए।

">