हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रीहरूसँग सम्झौता गरेका छन्।
हिजो मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरूमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरे। प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गरे। सङ्घीय सरकारले शुरू गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उनको भनाइ छ।
प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरूपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताए। रासस
" /> हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रीहरूसँग सम्झौता गरेका छन्।हिजो मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरूमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरे। प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गरे। सङ्घीय सरकारले शुरू गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उनको भनाइ छ।
प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरूपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताए। रासस
">