तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरोबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई राहत रकम प्रदान गरेका छन्।
श्रीमती, छोरा र बुहारीको पहिरोबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गइराएको हो। उक्त रकम कांग्रेस वरिष्ठ नेता पौडेलले हिजो पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरे। पहिरोमा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन्। पहिरोमा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो। कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन्।
पहिरोबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही ५० हजारका दरले एक लाख ५० हजार र घाइतेको उपचारका लागि २५ हजार गरी कूल एक लाख ७५ हजार नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गरेका हुन्।
सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापालगायत सहभागी थिए। नगरपालिकाले पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक ५० हजार र घाइतेको उपचारका लागि ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। सोही क्रममा कांग्रेस नेता पौडेलले पहिरोले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी स्थ्यलाभको कामना गरे। रासस
" /> तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरोबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई राहत रकम प्रदान गरेका छन्।श्रीमती, छोरा र बुहारीको पहिरोबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गइराएको हो। उक्त रकम कांग्रेस वरिष्ठ नेता पौडेलले हिजो पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरे। पहिरोमा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन्। पहिरोमा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो। कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन्।

">