काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटक–पटक नेताहरूबीच विभिन्न चरणमा छलफल भएपनि सहमति जुट्न सकेको छैन।
दुई अध्यक्षबीच सहमति नजुटेपछि हिजोदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक भाेलि ४ साउनसम्मका लागि सारिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो बालुवाटारमा भएको छलफलमा सचिवालयको बैठक बोलाउने सहमति भएको हो। असार ६ गते यता नेकपाको सचिवालयको बैठक बसेको छैन।
असार १० गते शुरू भएको स्थायी कमिटीको बैठक १६ गतेदेखि अवरुद्ध हुँदै आएको छ। नेकपाका दाहाल–नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको छ।
ओलीले भने अहिले कुनै पनि पद आफूले नछाड्ने अडान कायमै राखेका छन्। दाहाल–नेपाल समूह पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि नहट्दा नेकपा भित्रको विवाद टुंगोमा पुग्न सकेको छैन। आजको सचिवालय बैठकमा विवाद समाधानका विषयमा छलफल हुनेछ। सचिवालय बैठकअघि नेताहरूले आन्तरिक छलफल र रणनीतिमा जुट्ने बताइएको छ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटक–पटक नेताहरूबीच विभिन्न चरणमा छलफल भएपनि सहमति जुट्न सकेको छैन।दुई अध्यक्षबीच सहमति नजुटेपछि हिजोदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक भाेलि ४ साउनसम्मका लागि सारिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो बालुवाटारमा भएको छलफलमा सचिवालयको बैठक बोलाउने सहमति भएको हो। असार ६ गते यता नेकपाको सचिवालयको बैठक बसेको छैन।

">