काठमाडौं। नेकपाभित्र विवाद चुलिँदै गएका बेला स्थायी कमिटी सदस्य एवं सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै लामो र भावुक टिप्पणी सार्वजनिक गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेख्दै उनले देशभरका नेकपा नेता/कार्यकर्ता, पार्टी सदस्य र शुभचिन्तकहरू अत्यन्त चिन्तित रहेको बताएका छन्। उनले धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ भन्ने कुरालाई मनन् गर्न अपील पनि गरेका छन्।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरूको बीचमा एक थान पार्टी मात्रै होइन। यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो। संविधानको मुख्य रक्षक हो। यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकताहरूको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ”, ज्ञवालीले लेखेका छन्, ‘अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ। कुनै पनि निर्णय गर्नुअघि कमरेडहरूलाई यस यथार्थलाई मनन् गरिदिनु हुन आग्रह गर्दछु।’
उनले कहिले पदको विवादमा, कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन छुट छ र ? भन्दै प्रश्न समेत गरेका छन्।
‘कुनै पनि निर्णय गर्नुपूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरूलाई हेरेर, यी प्रश्नहरूमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु’, ज्ञवालीले भनेका छन्।
यस्तो छ उनको फेसबुकमा राखिएको विचार
र, यो पनि हेर्नुहोस्
" /> काठमाडौं। नेकपाभित्र विवाद चुलिँदै गएका बेला स्थायी कमिटी सदस्य एवं सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकै लामो र भावुक टिप्पणी सार्वजनिक गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेख्दै उनले देशभरका नेकपा नेता/कार्यकर्ता, पार्टी सदस्य र शुभचिन्तकहरू अत्यन्त चिन्तित रहेको बताएका छन्। उनले धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ भन्ने कुरालाई मनन् गर्न अपील पनि गरेका छन्।‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरूको बीचमा एक थान पार्टी मात्रै होइन। यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो। संविधानको मुख्य रक्षक हो। यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकताहरूको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ”, ज्ञवालीले लेखेका छन्, ‘अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ। कुनै पनि निर्णय गर्नुअघि कमरेडहरूलाई यस यथार्थलाई मनन् गरिदिनु हुन आग्रह गर्दछु।’
उनले कहिले पदको विवादमा, कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन छुट छ र ? भन्दै प्रश्न समेत गरेका छन्।
‘कुनै पनि निर्णय गर्नुपूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरूलाई हेरेर, यी प्रश्नहरूमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु’, ज्ञवालीले भनेका छन्।
यस्तो छ उनको फेसबुकमा राखिएको विचार
र, यो पनि हेर्नुहोस्
">