काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। लामो समयदेखि जारी नेकपाभित्रको विवाद आजको सचिवालय बैठकले टुंग्याउने सम्भावना रहेको बुझिएको छ।
सचिवालय बैठकमा नेताहरूबीच नयाँ सहमति हुने र त्यससँगै विवादहरू किनारा लाग्ने दाहालनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुवै पद नछाड्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लचिलो देखिएका छन्।
असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकअन्तर्गत असार १६ गतेको बैठकमा दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले दुवै पदबाट ओलीको राजीनामा मागेपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।
नेकपाका दुई अध्यक्षबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न पटक पटक ‘वान अन वान’ वार्ता भइसकेको छ। यो बीचमा असार १८ गते यता स्थायी कमिटी बैठक बस्न सकेको थिएन।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। लामो समयदेखि जारी नेकपाभित्रको विवाद आजको सचिवालय बैठकले टुंग्याउने सम्भावना रहेको बुझिएको छ।सचिवालय बैठकमा नेताहरूबीच नयाँ सहमति हुने र त्यससँगै विवादहरू किनारा लाग्ने दाहालनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुवै पद नछाड्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लचिलो देखिएका छन्।

">