काठमाडौं। विवाद समाधानका लागि आज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक टुंगोमा पुग्न सकेन।
लामो समयदेखि जारी नेकपाभित्रको विवाद आजको सचिवालय बैठकले टुंग्याउने सम्भावना भएको भनिए पनि अन्ततः टुंगोमा भने पुग्न सकेन।
यद्यपि छलफल सकारात्मक दिशातर्फ गएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूमाझ बताए।
पार्टीकाे आन्तरिक समस्या र संकटलाई सहमतिकाे आधारमा सम्बाेधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेकाे उनकाे भनाइ छ।
“पार्टीको संकटलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,” उनले भने, “सचिवालयले यसबारेमा अझै छलफल गर्ने, पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने, आजको नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्ने गरी जनताले दिएको जनादेशअनुसार पार्टीको संकट निवारण गर्ने निष्कर्ष निकालियो।”
उनले छलफल अझै जारी रहेकाे बताए। साथै भाेलिकाे स्थायी कमिटी बैठक पनि ताेकिएकाे समयमा हुने जानकारी दिए।
केपी शर्मा ओलीकाे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने विषय औपचारिक प्रस्ताव नबनेको र यी विषय सहमतिका आधारमा समाधान गरिने उनकाे भनाइ छ।
" /> काठमाडौं। विवाद समाधानका लागि आज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक टुंगोमा पुग्न सकेन।लामो समयदेखि जारी नेकपाभित्रको विवाद आजको सचिवालय बैठकले टुंग्याउने सम्भावना भएको भनिए पनि अन्ततः टुंगोमा भने पुग्न सकेन।

">