काठमाडौं। आजको सचिवालय बैठकले धेरैलाई अचम्मित बनाएको हुनुपर्छ। किनकी फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युटर्न गर्दै मेलमिलापको लय समातेको छ।
एक सचिवालय सदस्यले आज बिहान देखापढीसँग भनेका थिए- "प्रधानमन्त्रीले दुवै पद छोड्नु हुन्न तर कुरा मिल्छ।"
करिब साढे ४ घण्टादेखि सचिवालय बैठकमा के भयो भनेर बालुवाटारमा कुरेर बसेका पत्रकार तब चकित परे जब नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने कुरा औपचारिक प्रस्ताव नबनेकोले यी विषय सहमतिको आधारमा समाधान गरिनेछ।"
असार १६ गतेको स्थायी समितिको बैठकमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहले पहिलोपटक प्रधानमन्त्रीको राजीनामा मागेका थिए।
प्रधानमन्त्रीले भने अध्यक्षबाट हटाउन महाधिवेशन र प्रधानमन्त्रीबाट हटाउन चुनाव हुनुपर्ने बताउँदै दुवै पदबाट राजीनामा नदिने बताउँदै आएका थिए।
तर, आजको सचिवालय बैठकमा प्रचण्डले राजीनामाको कुरा उठाएनन्। स्रोत भन्छ, "आज प्रधानमन्त्री र प्रचण्डको लाइन एउटै देखियो।"
के त्यसो भए, नेकपाभित्र झगडा मिलेको हो ?
प्रचण्ड निकट एक स्थायी सदस्य भन्छन्, "हो।"
आखिर कुरा के ले मिलायो त ?
उनले भने, "प्रचण्डले केही दिन अघि चितवन गएर जे भन्नु भएको थियो। त्यो साँचो थियो। अहिले दुवैजना उचाल्ने पक्षबाट सावधान हुनु भएको छ। त्यसैले कुरा मिलाउन धेरै सजिलो भएको छ।"
उनले माधव नेपालको नामै नलिईकन भने, "अरूको त कुरै छोड्नुस् गुटको पछिल्लो भेलाबाट भीम रावलसमेत आजित भएका छन्।"
यसो हेर्दा पछिल्लो समयमा विकसित घटनाक्रम नेकपाकै धेरै नेताहरूलाई पनि त्यति जानकारी नभए जस्तो देखिन्छ।
त्यसैले मुख्य नेताहरूबीच के कुरामा सहमति भएको छ भन्ने कुरा बाहिर आइसकेको छैन। तर, एकजना मन्त्री भन्छन्, "प्रचण्ड जिम्मेवार बन्न खोज्दै हुनुहुन्छ जस्तो देखिँदैछ। पार्टीको एकल अध्यक्ष बन्ने चाहाना राख्ने नेताले रेष्टुरेन्टमा गुटको भेला गरेको कत्ति पनि सुहाएको थिएन। सायद, अँगेनोको इगो खरानी भएर होला।"
" /> काठमाडौं। आजको सचिवालय बैठकले धेरैलाई अचम्मित बनाएको हुनुपर्छ। किनकी फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युटर्न गर्दै मेलमिलापको लय समातेको छ।एक सचिवालय सदस्यले आज बिहान देखापढीसँग भनेका थिए- "प्रधानमन्त्रीले दुवै पद छोड्नु हुन्न तर कुरा मिल्छ।"

">