भारतको नक्साप्रति साझा पार्टीको आपत्ति

काठमाडौं। साझा पार्टीले भारत सरकारले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा 'भारत सरकारको यो कदम अन्तर्राष्‍ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप भएको' उल्लेख छ।

साझाको विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारलाई भारतले जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं।'

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताजस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने साझाको जोड छ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाइएको छ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पनि भारतले जारी गरेको नयाँ नक्साको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्