काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज तीन बजे बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ।
स्थायी कमिटिको बैठक ६ साउन बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद बढेपछि १७ असारयता स्थायी कमिटी बैठक बस्न सकेको छैन।
१६ असारको बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।
१७ वैशाखयता पटक-पटक दुई अध्यक्षबीच 'वान अन वान' वार्ता भएपछि हिजो बसेको सचिवालय बैठकमा केही सहमतिका आधार तयार भएको जनाइएको छ।
ओलीलाई दुवै पदबाट मुक्त नगरी समाधान निकालिने बताइएको छ।
हिजो सचिवालय बैठकमा केही सहमतिका आधार बनेपछि आजको राखिएको स्थायी कमिटि बैठकमा थप छलफल गर्ने जनाइएको थियो। तर, आजको बैठक पनि स्थगित गरिएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज तीन बजे बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ।स्थायी कमिटिको बैठक ६ साउन बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

">