काठमाडौं। कोरोना भाइरस संक्रमणको विद्यमान अवस्थामा श्रमजीवि पत्रकार र सञ्चारमाध्यमले भोगिरहेका समस्याबारे नेपाली कांग्रेसले चासो देखाएको छ। सञ्चारमाध्यममा देखिएको समस्या बुझ्न भन्दै कांग्रेसले आज नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग अन्तर्क्रिया गरेको छ।
श्रमजीविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसहित कांग्रेसले महासंघका पदाधिकारी तथा कोरोनाका कारण असहजता ब्यहोरिरहेका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेको हो। जहाँ कांग्रेसकातर्फबाट नेताहरू प्रकाशशरण महत, एनपी साउँद, चन्द्र भण्डारी लगायत थिए।
सञ्चारकर्मीहरूका समस्या सरकार र सदनमा पुर्याउने बताएका कांग्रेस नेता साउँदले आफूहरू पत्रकार निकाल्ने सञ्चारमाध्यममा गएर सञ्चालकहरूसँग कुरा गरिरहेको पनि अवगत गराएका थिए।
डा महतले अहिलेको अफ्ठ्यारो अवस्थामा पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने कार्यको विरोध विरोध गरे। जिम्मेवारीबाट हटाइएका पत्रकारहरुको पुनर्बहाली हुनुपर्ने माग कांग्रेसको रहेको पनि उनले बताए।
महासंघका अध्यक्ष गोविन्द आचार्यले जनताको आवाज बोल्ने पत्रकारहरुको जागिर नै खोसिएपछि मिडियाले जनताका समस्या कसरी बोल्छ भन्दै प्रश्न गरे। २० औं वर्षसम्म अर्बो नाफा कमाउने सञ्चार माध्यमहरुले अफ्ठ्यारो बेलामा कर्मचारीका लागि १, २ करोड खर्च गर्न नसकेपछि बाध्य भएर महासंघ कर्मचारी निकाल्ने सञ्चारमाध्यमहरुको दैलोमा धर्ना दिन बाध्य भएको बताए।
फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले अरूका समस्या बोल्ने पत्रकारले आफ्ना समस्याहरूका बारेमा बोल्न नसक्दा अहिलेको समस्या आइपरेको बताए।
कोरोनालाई बाहाना बनाएर अहिले कतिपय सञ्चार माध्यमहरुले पत्रकारहरुलाई धमाधम जिम्मेवारी मुक्त गरिरहेका छन्। वर्षौसम्म काम गरिरहेका कर्मचारी र पत्रकारहरू समेत धमाधम जागिरबाट निकालिन थालेपछि महासंघ आन्दोलित भएको छ।