काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बोलाइएको छ।
पछिल्लोपटक ४ साउनमा बोलाइएको बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको विज्ञप्ति निकालेर नेकपाले जनाएको थियो।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादका कारण १७ असारयता नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।
आन्तरिक समस्या समाधानको लागि दुई अध्यक्षबीच पटक-पटक 'वान अन वान' वार्ता भइरहेको छ। ३ साउनको सचिवालय बैठकमा केही सहमतिका आधार तयार भएको जनाइएपनि त्यसको स्पष्ट खाका बाहिर आएको छैन।
हिजो खुमलटार पुगेका पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठक स्थगित नगरि पूर्ववत अजेण्डामा सञ्चालन गर्न र सहमतिका लागि दुई अध्यक्ष मिल्न सुझाव दिएका थिए।
सो बैठकमा राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बोलाइएको छ।पछिल्लोपटक ४ साउनमा बोलाइएको बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको विज्ञप्ति निकालेर नेकपाले जनाएको थियो।

">