काठमाडौं। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपि) को ३८ औं स्मृति दिवस मनाइँदैछ ।
दिवसको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला-जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा नेविसंघले वृक्षारोपण कार्यक्रम राखेको छ।
२०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान थियो।
बिपिको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ। ६ साउन २०३९ मा उनको निधन भएको थियो।
" /> काठमाडौं। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपि) को ३८ औं स्मृति दिवस मनाइँदैछ ।दिवसको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला-जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

">