काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकअघि अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।
आज बिहान ११ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक दुई अध्यक्षकै सहमतिमा दिउँसो १ बजेका लागि सारिएको थियो। स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भइरहेको हो।
बालुवाटार स्रोतका अनुसार नेताहरू स्थायी कमिटी बैठकमा सहभागिता जनाउनका लागि बालुवाटार पुग्ने क्रम शुरू भएको छ।
सम्भवतः असार १६ गतेदेखि अवरूद्ध हुँदै आइरहेको नेकपाको स्थायी कमिटी बैठक आज बस्ने सम्भावना देखिएको छ। यद्यपि, दुई अध्यक्षबीचको छलफल सकिएपछि मात्रै बैठक बस्ने/नबस्ने टुंगो लाग्ने छ।
असार १० गतेदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको थियो।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकअघि अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।

">