काठमाडौं। प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय बित्दासमेत उपसभामुख पद रिक्त भएकोप्रति अन्तरपार्टी महिला सञ्जालले ध्यानाकर्षण जनाएको छ।
सञ्जालकी महासचिव नीलम वर्माले यथाशीघ्र उपसभामुखको निर्वाचन गराउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराइन्।
संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरू संघीय निजामति सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरूमा पदपूर्तिसम्बन्धी व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावनाअनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ।
सभामुख सापकोटाले आफू निर्वाचित भएपछि लगातार उपसभामुखको निर्वाचनका लागि सत्तारुढ दलका नेताहरूसँग छलफलमा रहेको बताए।
प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू भेटेर आफूले पटक-पटक उपसभामुखको निर्वाचनका लागि कुरा राखे पनि अहिलेसम्म निर्वाचन हुन नसकेको सापकोटाको भनाइ छ।
उपसभामुखको निर्वाचन गराउने आफ्नो मुख्य काम भए पनि सभामुखको हैसियतले प्रधानमन्त्रीलगायतका नेताहरूसँग निरन्तर छलफल गरे पनि त्यसले सार्थकता नपाएको उनले बताए।
सञ्जालले नीति निर्माण र कार्यान्वयन तहमा सहभागिता नगराई राष्ट्र निर्माणको काम पूरा नहुने बताएको छ।
आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका साथ गरिने राज्यको पुनर्संरचना र त्यसबाट बन्ने समृद्ध र समुन्नत नेपालका लागि महिलाहरूको सहभागिता अनिवार्य रहेको सञ्जालले बताएको छ।
" /> काठमाडौं। प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय बित्दासमेत उपसभामुख पद रिक्त भएकोप्रति अन्तरपार्टी महिला सञ्जालले ध्यानाकर्षण जनाएको छ।सञ्जालकी महासचिव नीलम वर्माले यथाशीघ्र उपसभामुखको निर्वाचन गराउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराइन्।

">