रोल्पा। रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।
आज बिहान साढे ४ बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको छोरी विजया बुढाले जानकारी दिइन्।
आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि बुढा काठमाडौंमा बसेर उपचार गराइरहेका थिए। केही दिनअघि रोगले च्यापेपछि उनलाई थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको थियो।
बुढा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ। रासस
" /> रोल्पा। रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।आज बिहान साढे ४ बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको छोरी विजया बुढाले जानकारी दिइन्।

">