काठमाडौं। सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि गरेको १२० दिन लामो लकडाउन ‘हात लाग्यो शून्य’ बराबर भएको नेपाली कांग्रेसले बताएको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै लकडाउनको कारण अर्थतन्त्रमा अर्बौको क्षति भएको तर, उपलब्धि नभएको बताएका छन्।
प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई ट्वीटरमा ट्याग गर्दै शर्माले लेखेका छन्, “लकडाउन गर्दा सबैले सरकारलाई सघायौं, फरक मत राखेनौ। अब समीक्षा गरौ, संक्रमित २० हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित केबल दुई हुँदा लकडाउन गरेर हामीले सही गरेछौं कि गल्ती ?”
कोरोनाको नाममा लकडाउन गरेर सत्ता संघर्ष बढाएको उनले भनेका छन्।
“दुई विवादास्पद अध्यादेश। एउटा दल फुटाउने षड्यन्त्र। सांसद अपहरणको मुद्दा। प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्तिहरू। राष्ट्रपति संस्थाको दुरूपयोग। जनता मर्नु मरिरहे, संक्रमण बढ्नु बढिरह्यो, कमरेडहरूको सत्ताद्वन्द्व चलिरह्यो”, शर्माले ट्वीटरमा लेखेका छन्।
" /> काठमाडौं। सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि गरेको १२० दिन लामो लकडाउन ‘हात लाग्यो शून्य’ बराबर भएको नेपाली कांग्रेसले बताएको छ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै लकडाउनको कारण अर्थतन्त्रमा अर्बौको क्षति भएको तर, उपलब्धि नभएको बताएका छन्।

">