काठमाडाैं। गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्।

मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

गृह मन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।”

आमसमुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराेको जोखिम क्षेत्रमा वस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उनले बताए।

मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए। उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे।

विपद् आउनुको महत्त्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको मन्त्री थापाले औँल्याए। त्यसपछि केही मानवीय कारणसमेत रहेको उनकाे भनाइ छ।

अवैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको गृहमन्त्री थापाको भनाइ छ। उनले विपद्का घटनामा तत्कालीनरूपमा उद्धार र दीर्घकालीनरूपमा पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। रासस

" /> काठमाडाैं। गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्।

मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

गृह मन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।”

आमसमुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराेको जोखिम क्षेत्रमा वस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उनले बताए।

मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए। उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे।

विपद् आउनुको महत्त्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको मन्त्री थापाले औँल्याए। त्यसपछि केही मानवीय कारणसमेत रहेको उनकाे भनाइ छ।

अवैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको गृहमन्त्री थापाको भनाइ छ। उनले विपद्का घटनामा तत्कालीनरूपमा उद्धार र दीर्घकालीनरूपमा पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। रासस

"> गृहमन्त्री थापाले भने- विकास नीति भनेकै डोजर नीति भयो, यसलाई परिवर्तन गर्नुपर्छ: Dekhapadhi
गृहमन्त्री थापाले भने- विकास नीति भनेकै डोजर नीति भयो, यसलाई परिवर्तन गर्नुपर्छ
काठमाडाैं। गृहमन्त्री रामबहादुर थापाले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताएका छन्।

मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

गृह मन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, “विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनियर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ।”

आमसमुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराेको जोखिम क्षेत्रमा वस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उनले बताए।

मन्त्री थापाले विपद् नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय समस्या भएकाले विश्वले नै विपद्को सामना गरिरहेको बताए। उनले धनजनको क्षति हुनुको वस्तुगत कारण र आत्मगत कारण पत्ता लगाउनु जरुरी रहेको उल्लेख गरे।

विपद् आउनुको महत्त्वपूर्ण कारण भनेको जलवायु परिवर्तन रहेको मन्त्री थापाले औँल्याए। त्यसपछि केही मानवीय कारणसमेत रहेको उनकाे भनाइ छ।

अवैज्ञानिक र अव्यवस्थित बसोबासले पनि क्षति पुगेको गृहमन्त्री थापाको भनाइ छ। उनले विपद्का घटनामा तत्कालीनरूपमा उद्धार र दीर्घकालीनरूपमा पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्