काठमाडौं। नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोसी पार्टीबाट निकालिएका छन्। पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको हो।
पूर्वराज्य मन्त्री एवम् महासमिति सदस्य पुष्करनाथ ओझा पनि पाँच वर्षका लागि पार्टीबाट निष्काशनमा परेका छन्। ओझा कैलालीका कांग्रेस नेता हुन्।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जिल्ला कार्यालयका सचिव रामबहादुर विष्टलाई पनि तीन वर्षका लागि पार्टीबाट निकालिएको छ।
यसअघि तीनै जनालाई कांग्रेसको अनुशासन समितिले स्पस्टीकरण सोधेको थियो। तीनै जनाको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो।
उनीहरू तीनै जनामाथि चुनावमा पार्टीका उम्मेदवारविरुद्ध लागेको भन्दै कारबाहीका लागि उजुरी परेको थियो।