भारतद्वारा सार्वजनिक नक्साको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भारतले आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेर सार्वजनिक गरेको नक्साको विरोधमा प्रदर्शन गरेको छ।

नेविसंघले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको नक्सामा समावेश गरेकोमा काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।

नेविसंघका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति कूटनीतिक पहलबाट सच्याउन लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराए।

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल-भारत सम्बन्धलाई बिथोल्न खोजेको टिप्पणी गरे। रासस

प्रतिक्रिया दिनुहोस्