काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाभित्रको विवाद कुर्सिमा केन्द्रित देखिएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट नेता पोखरेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। पछिल्लो महीना नेकपाभित्र विवाद चर्किएको छ।
प्रधानमन्त्री ओलीले आउँदो मंसिरमा अर्ली महाधिवेशनको प्रस्ताव गरेपनि अध्यक्ष दाहालले नमानेको बताइन्छ। नेताहरूले पार्टीभित्रको विवादका विषयमा एक अर्काविरुद्ध अभिव्यक्ति सार्वजनिक गर्दै आएका छन्।
‘विचारको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन। अहिलेको विवाद कुर्सिमा केन्द्रित देखियो। यसलाई विचारको बहसमा रूपान्तरण गरौँ’, पार्टीभित्रको विवादबारे पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
" /> काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाभित्रको विवाद कुर्सिमा केन्द्रित देखिएको टिप्पणी गरेका छन्।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट नेता पोखरेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। पछिल्लो महीना नेकपाभित्र विवाद चर्किएको छ।

">