किन पुगे बामदेव उम्मेद्वारी मनोनयनमा

काठमाडौं। भक्तपुर १ ‘क’ मा प्रदेशसभाका लागि हुने उपनिर्वाचनको मनोयन दर्ता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम पनि पुगेका छन्।

नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाललाई हौसला प्रदान गर्न गौतम त्यहाँ पुगेका उनीनिकट स्रोतले जनाएको छ। गौतमसँगै भक्तपुर–२ बाट निर्वाचित नेकपाका सांसद महेश बस्नेत पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे।

प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ नेकपाकी विद्या भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छन्। तर, कास्कीमा नेकपाका कुनै शीर्ष नेता पुगेका छैनन्।

१४ मंसीरमा हुने उपनिर्वाचनका लागि भक्तपुर १ ‘क’मा नेकपाका तर्फबाट ढकाल, कांग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका निरज लवजुले उम्मेद्वारी दर्ता गरेका छन्।

साझा पार्टीका तर्फबाट सुरज प्रधान, समाजवादी पार्टीका तर्फबाट सुदर्शन मुनकर्मीले उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्रतर्फ तीनजनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ।

पढ्नुहाेस्

कास्की-२ मा विद्या भट्टराईको मनोनयन दर्ता

उपनिर्वाचनसँग सम्बन्धित थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्