काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले घर जलाइएका चितवनका चेपाङलाई दश दिनमै नयाँ घर बनाएर दिन आग्रह गरेका छन्। सरकारले चेपाङ वस्तीमा आगो लगाउनु गल्ती भएको उनको धारणा छ।
‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ, दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ’, पूर्वमन्त्री समेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
३ साउनमा चितवनको माडी नगरपालिका–९, कुसुमखोलामा रहेको चेपाङ वस्तीका दुई घरमा चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले आगो लगाइदिएका थिए भने केही घर भत्काइएको थियो। यस्तै, हात्ती लगाएर मकै बालीमा समेत क्षति पुर्याइएको पीडितले बताएका छन्।
यसअघि हिजो प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोला घटनाको छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो। समिति बैठक वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भने घर नभएर गोठ जलाइएको बताएका थिए। तर, मन्त्री बस्नेतको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। चेपाङ वस्तीमा आगो लगाइएपछि सत्तारूढ दलकै सांसदहरू विरोधमा उत्रिएका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले घर जलाइएका चितवनका चेपाङलाई दश दिनमै नयाँ घर बनाएर दिन आग्रह गरेका छन्। सरकारले चेपाङ वस्तीमा आगो लगाउनु गल्ती भएको उनको धारणा छ।‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ, दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ’, पूर्वमन्त्री समेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

">